भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रधानमन्त्री ओलीसँग भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् ।
सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
उनि आजै बिहान काठमाडौँ आइपुगेका थिए । मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।
उनको सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय छ । ्
मिश्री आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस