कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

के छ नेपाल
१५ साउन २०८२ १९:०४

काठमाडौं । नेपाली कांग्रेस पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

बुधबार प्रदेश राजधानी हेटौंडामा भएको निर्वाचनबाट उनी दलको नेतामा निर्वाचित भएका हुन् ।

उनले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका हुन ।

बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ ।

एक मत भने बदर भएको छ। यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता अविश्वासको मत बहुमतले पारित भएको थियो ।

दलका नेता एवम् मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।


धेरै पढिएको