५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । बिहीबार सकिएको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै रविका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ । सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
रवि लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाण्डौबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस