विधि प्रकिया पुगाएर कर्मचारी छनौट गरिएको नगरपालिकाको दाबी , स्थानियमा शंकै शंका

के छ नेपाल
११ माघ २०८१ १४:२९

बेलौरी । बेलौरी नगरपालिकाले करार सेवाको सव इन्जिनियरको अन्तर्वार्तामा सरोज सिह विष्टलाई उत्तीर्ण गरेको छ । नगरपालिकाले बिहीबार एकै दिन बिहान लिखित परीक्षा र दिउँसो अन्तर्वार्ता गरी नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार महिमा चौधरी र सुरज कुँबर वैकल्पिकमा परेका छन  । गत मंसिर ६ गते नगरपालिकाले सव इन्जिनियर र सात जना कम्प्युटर सहायक पद करार सेवामा पदपूर्तिका लागि विज्ञापन खोलेको थियो । जस अन्तरगत माघ ७ गते सव इन्जिनियर पदका १३ जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको थियो ।

विज्ञापन प्रकाशित गरिएको दुई महिनापछि बिहीबार एकै दिन लिखित र अन्तवार्ता गरी छनौट गरिएको छ । पारदर्शी छनौट नभएको भन्दै स्थानियहरुले शंका गरिरहेका छन । लिखत र अन्तरवार्तामा छनौट भएका सरोज सिह विष्ट प्रदेश सांसद दिवान सिंह विष्टका छोरा भएकाले यसमा स्थानियले शंका गरिहेका छन। सत्तारुढ दलका नेता समेत भएकोले राजनितिक पहुँचका आधारमा नियुक्त दिईएको स्थानियले शंका गरिहेका हुन ।

परिक्षा समितिका संयोजक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझाले लिखित र अन्तवार्ता निष्पक्ष र पारदर्शी भएको बताएका छन ।’ सव इन्जिनियरमा छनौट विधि प्रक्रिया अनुसार भएको छ , यसमा शंका गर्नुपर्नै कुनै कारण छैन ‘ ओझााले भने ‘ नेताको छोरा भन्दैमा कानुन मिचिदैन, बहिरी हल्लाको पछि नलाग्नुस । छनोट प्रकिया नियम संगत नै छ । ‘

१३ जनामा ८ जना आवेदक भएकोले एकै दिनमा छनोट प्रकिया सकिएको ओझाले बताए । ‘ ८ जना मात्रै थिए , विहान ४५ मिनेटको वस्तुगत प्रश्रको परिक्षा भयो । दुई विज्ञले जाँच गर्नुभयो कम उम्ेदवार भएकोले एकैदिनमा सक्यौ , बढी भएको भए समय लाग्न सक्थ्यो ।’ ओझाले भने । दुई विज्ञ को हुन भन्ने बारे ओझाले बोल्न चाहेनन । कर्यविधि अनुसार ३ जनाको परिक्षा सञ्चालन समितीले छानोट गरेको हो ।

सव इन्जिनियरको छनोट सकिएपछि केहि दिनमा सहायक कम्प्यटुर अपरेटरको छनोट प्रकिया सुरु हुने छ । सहायक कम्प्यटुर अपरेटरमा १ सय २९ जना संक्षिप्त सूचीमा परेका छन् ।

बेलौरीमा दुई महिनापछि करार सेवाका कर्मचारी छनौट प्रक्रिया , दलीय पहुँचका आधारमा छनोटको आशंका

 


धेरै पढिएको