सुप्रिम सहकारी ठगी प्रकरण: रविविरुद्धको मुद्धामा थुनछेक बहस जारी , आजै आदेश आउने सम्भावना
बुटवल। सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू भएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक बहस सुरु भएको हो।
लामिछानेविरुद्धको मुद्धामा आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ। दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने संभावना छ।बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस