राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न्। राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।


के छ नेपाल
प्रतिक्रिया दिनुहोस