स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना

के छ नेपाल
८ माघ २०८१ ९:०५

काठमाडौं । सडक दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटना परको हो ।खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मन्त्री सिंहको छाती र पिठ्युमा चोट लागेको छ । घाइते मन्त्रीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


धेरै पढिएको