नेपालमा तिब्बतको शक्तिशाली भुकम्पको असर : देशभर १३ जना घाईते , १४ घरमा क्षति

के छ नेपाल
२३ पुष २०८१ १६:१६

काठमाडौं । मंगलबार बिहान चिनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण विभिन्न जिल्लामा १३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्पका कारण बारामा ११ , काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका छन । सबैको उद्धार भैइसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै भूकम्पले ओखलढुंगामा ३ घरमा क्षति पुगेको छ । जसमधये २ घरमा सामान्य क्षति पुगेको छ भने १ घर पूर्ण क्षतिग्रस्त बनेको छ । प्रहरीका अनुसार सोलुखुम्बुमा ५ , संखुवासभामा १, ताप्लेजुङमा ३, सिन्धुपाल्चोक र रामेछापमा १-१ घरमा सामान्य क्षति पुगेको छ ।


धेरै पढिएको