तत्काल पार्टि खोल्ने मुडमा छैनन रावल , मातृभूमि जागरण अभियान सञ्चालन गर्दै

के छ नेपाल
१७ पुष २०८१ १५:४२

काठमाडौँ । भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । नेकपा एमालेबाट निष्कानपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।

उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियानको सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ । उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए ।


धेरै पढिएको