सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध मुद्दा

के छ नेपाल
६ माघ २०८१ १४:१०

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

 


धेरै पढिएको