फिल्म ‘कार्साङ’ले ६ दिनमा कति कमायो ?

के छ नेपाल
२ माघ २०८१ २१:५५

काठमाडौं । फिल्म ‘कार्साङ’को ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्म्सले जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ ।

‘स्टारकास्ट’को हिसाबले फिल्मको यो व्यापार अपेक्षित भने होइन । शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित फिल्म हो कासाृङ । ‘कार्साङ’ले सुखद् शोका बाबजुद पनि सुरुवाती व्यापार उत्साहजनक गर्न सकेन । मंगलबारबाट भने ‘वर्ड अफ माउथ’ले फिल्ममा दर्शक बढ्न थालेको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ । फिल्मले माघे संक्रान्तिको दिन देशभर फिल्मले ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको दाबी छ ।

निर्देशक शेर्पा स्वयंको लेखन रहेको फिल्ममा दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । अभाव र दुःखबीच एउटा झाँक्री परिवारले आफ्नो जातीय संस्कृति जोगाउन गरेको संघर्षमा फिल्म आधारित छ । यसमा दयाहाङ राईले झाँक्रीको भूमिका निभाएका छन्


धेरै पढिएको