‘हिउँको गीत’फिल्मको अन्तिम छायांकन अमेरिकामा
काठमाडौं । ‘हिउँको गीत’फिल्मको अन्तिम छायांकन अमेरिकास्थित पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा गरिएको छ । यो । अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ फेम्ड निर्देशक जोयस पाण्डेलाई मुख्य भूमिकामा लिएर हलिउडका फिल्म छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा फिल्म खिचिएको हो ।
विमल सुवेदीको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा जोयश पाण्डेय र निर्देशक सुवेदीको संयुक्त लेखन छ । नेपाली र अंग्रेजी भाषामा खिचिएको फिल्ममा नेपालीभाषी भुटानी र नेपाली आप्रवासीको कथा समेटिएको छ । भुटान, नेपाल र अमेरिकामा जन्मे(हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा फिल्मले भन्ने निर्देशक सुवेदीले जानकारी दिए ।
थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् ।
यसमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेको निर्माण छ भने कार्यकारी निर्मातामा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य छन् । चिनइन गाउको छायांकन रहेको फिल्ममा वर्षा र जोयशसहित पूजा चन्द, थोमस किथ स्कट, आकाश खतिवडा, ईशिर कर्मचार्य, केदार उप्रेती, आर। बी। खड्का, अर्जुन रसाइली, समीर रेग्मी लगायतको अभिनय छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस