चलचित्र ‘तेल भिसा’को सफलतापछि रोकिएन असफलतको श्रृङ्खला

के छ नेपाल
२ माघ २०८१ १६:४९

काठमाडौं । नेपाली फिल्म लागि यो वर्षको सुरवात ‘बोक्सीको घर’ मार्फत सुरू भएको थियो । गत तिहारमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ सम्म आइपुग्दा कमाईको तवरले एतिहासिक नै बन्यो । पछिल्लो वर्षका नेपनली फिल्मका व्यापारलाई हेर्ने हो भने अहिले सम्म यो वर्षको नेपाली फिल्मको व्यापार अहिलेसम्म सर्वाधिक रहेको छ ।

यसवर्षको दसैँदेखि प्रदर्शनमा आएका अधिकाँस फिल्म सफल रहेका छन । गत मङ्सिर ७ गते प्रदर्शन भएको ‘तेलभिसा’ ले प्रदर्शनको ५१ औँ दिन पार गर्दा स्वदेश र विदेशबाट लगानी सुरक्षित गरेको अनुमान गरिएको छ । यद्यपि त्यसपछि प्रदर्शनमा आएको फिल्मले दर्शकको साथ पाउन सकेको छैन ।

हालसालै प्रदर्शनमा आएका ‘बम बहादुर’,‘कार्साङ’ लगायतका फिल्म असफल बन्न पुगेको छ । पौस ५ गते प्रदर्शनमा आएको बमक बहादुर त हलबाटै उतारिसकिएको छ । कुनै समय राम्रो डेटमा पर्ने माघेसंक्रान्ति छेउछाउ फिल्मको भिड हुन्थ्यो । पुसकै अन्तिम साता प्रदर्शन भएको ‘लूट’,‘६ एकान ६’ लगायतको सफलता लुकेको छैन ।

दयाहाङ राई जस्तो कलाकार हुँदा पनि फिल्मले राम्रो समीक्षा बटुल्न नसकेपछि ‘कार्साङ’ ले चिसिएको नेपाली फिल्मको बजारमा आफ्नो उपस्थिति देखाउन सकेन । यो असफलताकै शृङ्खलामा सामेल भयो । नेपाली फिल्म एकल रुपमा प्रदर्शन भएता पनि यसलाई हेर्न दर्शक हलसम्म आइपुगेनन् । फिल्मले माघेसंक्रान्तिमा समेत दर्शकसाथ पाउन नसक्नुले यो ‘असफलता’ प्रष्टरुपमा व्यक्त गरेको छ ।

त्यसो त सुरू भएको माघ महिना नेपाली फिल्मका लागि सजिलो भने छैन । प्रदर्शन घोषणा गरिएका फिल्मको आकर्षण नबढ्नुले बजार तात्ने सम्भावना बढेको छैन । माघ ११ मा प्रदर्शन हुने ‘एक्टर स्टेकवान’ सहित ‘मम्मी’, ‘जुना : एक व्यथा’ ले हाइप निर्माणमा अझैँ मेहनत गर्नुपर्ने देखिन्छ ।


धेरै पढिएको