‘ताण्डवम्’ को नयाँ प्रदर्शन मिती फागुन ९ गते
काठमाडौं । आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘ताण्डवम्’ को प्रदर्शन मित सारिएको छ । नयाँ प्रदर्शन मितिसहित मंगलबार फिल्मको एक पोस्टर पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार यो फिल्म फागुन ९ गतेबाट प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा मुख्य पात्रहरु कोही रगताम्मे त कोही रोमान्टिक भावमा चित्रित छन् ।एक नवविवाहित जोडी पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पेश गरिएको जनाइएको छ ।
लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको डेब्यु निर्देशन रहेको फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, जुनिम गहतराज, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय छ । फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।
। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा सुशान्त गौतमको संगीत रहेको छ । फिल्ममा अनिरुद्ध आत्रेय र हुसेनको लेखन छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस