काठमाडौं अदालतमा रविको थुनछेक बहस शुरु , पत्रकारलाई निषेध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ ।
स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार बिहान ११ बजेपछि बहस शुरू भएको हो । पहिला सरकारी वकिलको तर्फबाट बहस शुरू भएको छ ।
लामिछानेसँग आइतबार अदालतमा बयान भएको थियो । बयान सकेपछि आइतबार लामिछानेलाई हिरासत पठाउन आदेश दिईएको थियो ।
आजको बहसमा पत्रकारहरूलाई भने प्रवेश दिइएको छैन । इजलासको ठाउँ साँघुरो भएकोले पत्रकारलाई प्रवेश नदिइएको अदालत प्रशासनले जनाएको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगीमा मुछिएका लामिछाने गत शुक्रबार मात्र रिहा भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस