स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराईयो

के छ नेपाल
२९ पुष २०८१ ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनछेक बहसका लागि प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको छ ।

आइतबार बयान सकिए पनि थुनछेक बहस भएको थिएन । बहस नभएछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफै उपस्थित भएका थिए।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनको हिजो दिनभर बयान चलेको थियो। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।

 


धेरै पढिएको