रविलगायतलाई थुनामै राख्नुपर्ने दाबीका साथ सकियो सरकारी वकिलको जवाफि बहस , आदेश आजै अउने

के छ नेपाल
२५ पुष २०८१ १५:३१

काठमाडौं । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहस गरेसँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको छ । अदालतमा कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाका सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको हो ।

उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । जवाफी बहसका क्रममा गौली र काफ्लेले प्राप्त तथ्यप्रमाण र बिगो धेरै भएकाले रविलगायतलाई थुनामै राख्नुपर्ने दाबी पेश गरेका छन् ।

मुद्दाका प्रतिवादीसमेत रहेका रवि पक्षका वकिलहरूले मुद्दाको हदम्याद र पूरक अभियोगको बारेमा प्रश्न उठाएका थिए ।

न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सातजना प्रतिवादीहरूको थुनछेक बहस हुँदै आएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा रविसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार आजै थुनछेकको आदेश आउने सम्भावना रहेको छ ।

‘जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।


धेरै पढिएको