स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा रविसहित ३९ जना विरुद्ध मुद्दा दर्ता

के छ नेपाल
२१ पुष २०८१ १६:०६

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस १८ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो ।

३९ प्रतिवादीसँग कुल दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राई विरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।


धेरै पढिएको