ओलीकै पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको रावलको आरोप
काठमान्डौं । एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नको वर्ष गरेका छन । पार्टीबाट निष्काशनमा परेपछि पहिलोपटक आज (बुधबार) पत्रकार सम्मेलन गर्दै रावलले ओलीमाथि विभिन्न प्रश्न तेर्साएका हुन् ।
उनले ओली प्रधानमन्त्री भएकै बेलामा नक्कली भुटानी शरणार्थी प्रकरण भएको भन्दै उक्त प्रकरणमा कारबाही किन भएन भनेर र कारबाही नगर्नुको रहस्य के हो ? भनेर सोधेका छन् ।
‘तपाईंकै प्रधानमन्त्री कालमा गृहमन्त्रीका छोरा र सुरक्षा सल्लाहकार समेतले ठूलो रकम असुलेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको होईन र ? ‘ ‘तपाईं नै प्रधानमन्त्री भएको बेला २०७६ साल असार २९ गते पुनः प्रतिवेदन तयार गर्न कार्यदल बनी त्यसैबेला कार्यदलको कार्यदेश गिरोहको हातमा पुगेको तथा कथित नाम छुटेका ८७५ जनालाई फर्म भर्न लगाई प्रत्येकबाट १० देखि १५ लाख रुपैयाँ उठाईएको समाचारबारे तपाईंको भनाई के हो र? छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनेको थियो भन्ने समाचारबारे तपाईंको भनाई के छ ?’
रावलले जारी गरेको विज्ञप्तीको २६ नम्बर बुँदामा यो सोधिएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस