‘भेट्न खोज्दा ओलीले फोनै उठाएनन्’ -डा . रावल
काठमाडौं । एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता प्रयास गर्दा असफल भएको बताएका छन्।
पार्टि निष्कान पछि ब्ुधबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भेटका लागि आफूले प्रयास गर्दा समेत ओलीले फोनै नउठाएको आरोप लगाएका छन ।
उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयासपछि कात्तिकमा भेट्ने तय भएपनि रद्द गरेको बताए। अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको उनको भनाई छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस