न्यायाधिस राईको ईजलासमा आज पनि रविको वयान जारी
फाईल तस्बिर
काठमान्डौं ।कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरू भएको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरू भएको बयान २ घण्टासम्म चलेको थियो।मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइसँग बयान लिन सुरू भएको हो ।
लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ। सोही बीच उनि सांसद पदबाट पनि निलम्बन गरिसकिएका छन ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस