रवि सहित सात जनालाई अदालतमा उपस्थित गराइयो

के छ नेपाल
११ पुष २०८१ ११:२१

 

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

रविसहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

छवि र लिलाको बयान भएको छ भने रविसहितको अझै बयान भइसकेको छैन ।

 

 

 


धेरै पढिएको