सूर्यदर्शन सहकारी ठगी प्रकरण : छविको बयान जारी , त्यसपछि रविको पालो

के छ नेपाल
९ पुष २०८१ १३:००

 

काठमान्डौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै सोमबारबाट बयानको प्रक्रिया सुरु भएको हो ।

हिजो गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको थियो । जोशीको बयान बाँकी नै रहेको र आजपनि उनीसँग बयान लिइदै छ । सोमबार बयायनका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो । जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ । न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३÷४ दिन लाग्न सक्ने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ठगीको मुख्य नाइके मानिएका जिबी राई भने हालसम्म फारर छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले गत आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लागेपछि रवि लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन गरिसकेका छन्


धेरै पढिएको