एनपिएलमा लुम्बिनी लयन्सको पहिलो जित

यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो।

के छ नेपाल
२५ मंसिर २०८१ १२:४२

काठमाडौं। नृेपाल प्रिमिएर लिग एनपिएलमा चितवनलाई ३३ रनले पराजित गर्दैै लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले ९एनपिएल० मा पहिलो जित निकालेको हो ।
टस हारेरर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० आभरमा ६ विकेट गुमाउदै १६७ रन बबनाएको थियो । १६८ रनको लक्ष्य पछ्याएको चितवनको निर्धारित २० ओभरमा आठ विकेट लिएर १३८ रन बनाउन सक्यो ।

कप्तान रोहितले ब्याटिङतर्फ ८० रन र बलिङतर्फ चार विकेट लिँदा मंगलबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो।लगातार चार खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो। यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो।

लुम्बिनीले पाँच खेलमा पुगेर जितविहीन यात्रा टुंगाएको छ। लुम्बिनीले विराटनगर किङ्ससँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो। यस्तै, सुदूरपश्चिम रोयल्सलाई ४५ र जनकपुर बोल्ड्सलाई एक रनले पराजित भएको थियो।

 


धेरै पढिएको