शोभित बस्नेतको निर्देशनमा ‘पिआर’ फिल्म बन्ने
काठमान्डौ । फिल्म निर्देशक शोभित बस्नेतले आफ्नो निर्देशनमा ुपीआर फिल्म बनाउने भएका छन । बस्नेतको निर्देशनमा सलोन–सलिना फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुन लागेका हो ।
फिल्मको लागि को लागि अस्ट्रेलियामा अडिसन चलिरहेको निर्देशक शोभित बस्नेतले बताए। बस्नेतका अनुसार सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिने र अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा फिल्मको सुटिङ शुरु हुने छ ।
आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप दाहाल निर्माता र गणेश केसी कार्यकारी निर्माता छन्।फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहनेछ।
अस्ट्रेलियामा पुगेर नेपालीले स्थायी आवासीय प्रमाणपत्र ९पीआर०का लागि गर्ने संघर्षको कथामा फिल्म बन्न लागेको छ ,।फिल्म निर्माण समूहले फर्स्टलुक पनि सार्वजनिक गरेको छ। फस्र्टलुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको।महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अस्ट्रेलिया र नेपालको दृश्य राखिएको छ। त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस