एभरेस्ट बेसक्याम्पको अवलोकनपछि स्वदेश फर्किए शिखर धवन
एभरेस्ट बेसक्याम्पको अवलोकनपछि स्वदेश फर्किए शिखर धवन
काठमान्डौ । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् । आइतबार विहान कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीसँग बेसक्याम्प पुगेका हुन ।
उनीहरूले झन्डै चार घण्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए । उनले आउँदो मार्चमा पुन: नेपाल भ्रमण गर्ने बताएका छन् । केहिदिन अघि धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।नेपाल प्रिमियर लिगमा कर्णालीका लागि ४ खेल खेलेर उनी आइतबार साँझ नै स्वदेश फर्केका छन् ।कर्णालीबाट चार खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाएका थिए ।
धवनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपिएलमा भित्र्याएको थियो ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस