एनपिएलका १५ खेल सकिदासम्म यस्तो बन्यो अङ्क तालिका , यि हुन टप ४ बलर र ब्याटर

के छ नेपाल
२३ मंसिर २०८१ १८:२५

 

काठमान्डौं । हिमालयस अफ फेस्टिबल शिद्धार्थ बैंक नेपाल प्रिमिएर लिग ८ औ दिनको खेल सकिएको छ ।
आठौ दिनको खेल सकिदा सम्म एनपिएलमा सहभागि ६ टिमले ४ खेल खेलिसकेका छन । ४ खेलमा अपराजित यात्रा कायम राखेको जनकपुर बोल्टस अंङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ ।

लगातार तिन खेलमा उत्कृष्ट पर्दशन गरेको सुदुरपश्चिम रोल्यस आाईतबार भएको दिनको दोस्रो खेलमा चितवन राईनोज सँङ्ग ३३ रनले पराजित हुदाँ दोस्रो स्थानमा रहेको छ ।

४ खेलमा ३ खेल जित्दै ६ अंङ्क जोडी सुदुपश्चिम दोस्रो स्थानमा छ भने समान ६ अङ्क जोडेको चितवन राईनोज रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।

४ खेलमा २ जित सहित ४ अङ्क जोडि कर्णाली याक्स चौथो स्थानमा रहेको छ । त्यस्तै ३ खेलमा १ जित सहित २ अङ्क जोडि पोखरा एभेन्जर्स पाचौ र रनरेटका आधारमा काठमान्डु गोर्खाज छैठौ स्थानमा रहेको छ ।

बिराटनगर किंगस ४ खेलमा १ जित सहित २ अङ्क जोडि सातौ स्थानमा रहेको छ । ४ वटै खेलमा हार बेहोरेको लुम्बिनी आठौँ स्थानमा रहेको छ । लुम्बिनी र बिराटनगर किंगसलाई शिर्ष ४ को यात्रा कठिन बनेको छ ।

आठौ दिनसम्म कसले कति रन हाने ?

लुम्बिनी अङ्क तालिकाको पुछारमा रहेपनि टिमका कप्तान रोहित कुमार पौडेल सर्वाधिक रन हान्ने खेलाडीको शिर्ष स्थानमा रहेका छन । उनले अहिलेसम्म ४ खेलमा १८१ रन बनाएका छन । उनको पछि े दोस्रो स्थानमा जनकपुर बोल्टसका लहिरु मिलन्था रहेका छन । मिलन्था पौडेल भन्दा १३ रन पछि छन ।

त्यस्तै ४ खेलमा १५७ रन जोडि चितवन राईनोजका रवि बोपरा तेस्रो स्थानमा रहेका छन । शिर्ष ४ को चौथो स्थानमा १४० रन बनाई सुदुरपश्चिमका कप्तान दिपेन्द« सिंह ऐरी रहेका छन ।

कसले कति बिकेट लिए ?

सबैभन्दा बढि बिकेट लिने बलरमा शिर्ष ४ को पहिलो नम्बरमा ४ खेलमा ९ विकेट लिई चितवन राईनोजका सोहिल तन्भिर रहेका छन । उनको पछाडि ४ खेलमा ८ विकेट लिई जनकपुर बोल्टसका ललित राजबंशि दोस्रो र हर्ष ठाकेर तेस्रो स्थानमा रहेका छन । ४ खेलमा ७ खेलमा विकेट लिई सुदुरपश्चिम रोयल्यसका स्कट कुगलेईन चौथो स्थानमा रहेका छन ।

आठौ दिनसम्म एनपिएलका १५ खेल सकिएका छन । ग्रुप चरणका १३ खेलिन बाकि छ ।


धेरै पढिएको