एनपिएलमा कर्णालीको पहिलो जित

के छ नेपाल
२१ मंसिर २०८१ १२:४८

काठमान्डौ । नेपाल प्रिमिएर लिग एनपिएलमा कर्णाली याक्सले पहिलो जित निकालेको छ । टियु मैदानमा भएको एनपिएलको आफ्नो तेसा्रो खेलमा ६ विकेटले याक्सले चितवन राईनोजलाई पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ पलिे ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।

१३१ रनको सामान्य लक्ष्य पुरा गर्न याक्सलाई हम्मेहम्मे पर्याे । १९ दशमलव ५ बलमा याक्सले लक्ष्य पुरा गरेको हो ।

कर्णालीलाई जित दिलाउन शिखर धवनले ४५ र चाडविक वाल्टनले ३० रन बनाएका थिए । कर्णालीले एनपिएलमा पहिलो जित निकालेको छ । तिन खेलमा पहिलो जित सहित २ अङ्ककर्णलीले जोडेको छ।


धेरै पढिएको