एनपिएल अपडेट : चितवनको विजयी शुरुवात,जनकपुरको विजय यात्रा कायम
नेपाल प्रिमिएर लिग एनपिएलको दोस्रो दिनको सकिएको छ । दोस्रो दिनको पहिलो खलमा चितवन राईनोजले विजय शुरुवात गरको छ भने दोस्रो खेलमा जनकपुर बोल्टसले विजय यात्रा कायम राखेको छ
पहिलो खेलमा चितवन राईनोजले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्र्दै विजय शुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिको निम्तो पाएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाउदै १११ रन बनाएको थियो ।
जवाफमा ब्याटिमा उत्रेको चितवनले १७।१ ओभरमा ५ विकेट गमाउदै ११४ रन बनाएको थियो । काठमान्डु विरुद्ध एक्लै ५ विकेट लिएका चितवन राइनोजका सोहेल तनविर प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
चितवनका सन्तोष कार्की अविजित रहँदै सर्वाधिक २८ रन बनाए । काठमान्डुका शाहब आलमले ३ विकेट लिए ।
दोेस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै आफ्नो विजय यात्रा कायम रखेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । जवाफमा जनकपुरले १५।१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रन बनाए ।
जनकपुर रोयल्सले १४२ रनको लक्ष्य ४ ओभर ५ बल अगावै भेट्टाएको छ । जनकपुरको जितमा कप्तानी इनिङ्स खेलेका अनिल शाह प्लेअर अफ दि म्याच घोषित भएका छन भोली सुदूरपश्चिम रोएल्स भर्सेस विराटनगर किंग्स र चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स भिड्ने छन ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस