एनपीएल आजदेखी : उद्घाटन खेलमा बिराटनगर र जनकपुर भिड्दै
काठमाडौं । विश्वभर चर्चा पाइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजदेखी शुरु हुँदै छ ।
क्रीकेट समर्थकहरुको व्यग्र प्रतीक्षारहेको एनपिएल को उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स भिड्ने छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे खेल सुरू हुनेछ ।दुबै टिमका कप्तानहरुले पहिलो खेल खेल्न टिम तयार रहेको बताएका छन ।
यो खेलका लागि टिकट खुला गरिएको २४ घन्टामै ‘सोल्ड आउट’ भएको थियो । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस