‘एक्टर’को शुभमूहर्त, दिलिप रायमाझीको छोरीको डेब्यु

के छ नेपाल
१२ वैशाख २०८१ ११:३७

काठमाडौँ । राजन भुषालको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्टर’को शुभमूहर्त गरिएको छ । आज ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको मुख्य कलाकारको साथमा शुभमूहर्त गरिएको हो ।

शुभमूहर्तमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, शुसिल सिटौला लगायतका कलाकारको उपस्थिति रहेको थियो । दिलिप रायमाझीको छोरि दिव्याले यहि फिल्मबाट चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

फिल्मलाई अद्दत फिल्मस् र अ मोति फिल्मस्को प्रस्तुतिमा निर्माण गरिने भएको हो । फिल्मको निर्माता थमन कुमार भण्डारी रहेका छन् ।


धेरै पढिएको