प्रेमी बिष्णुसंग बैशाखमा एलिनाको विवाह हुने पक्का

के छ नेपाल
१२ चैत २०८० १७:००

 काठमाडौं । गायिका एलिना चौहान ले विवाह गर्ने भएकी छिन्। अष्ट्रेलिया बस्ने प्रेमी बिष्णु सापकोटासंग उनि विवाह बन्धनमा बाँधिन लागेकी हुन्।पछिल्लो केहि बर्ष प्रेममा रहेका एलिना र बिष्णुले दुई परिवारकै सहमतिमा आउँदो बैशाख ५ गते बिहे गर्दैछन् । एलिना पछिल्लो समय चर्चामा रहेकी गायिका हुन्। दर्जनौ हिट गीतमा स्वर दिएकी एलिना स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त रहेकी छिन्। विष्णु गीतकार हुन् । एलिनासंग उनले गीतमा पनि सहकार्य गरेका छन्।

केहि समय अगाडी ब्रेकअपको चर्चा दुवैको चलेको थियो । तर त्यो खबरलाई चिर्दै दुवैले एक हुने निर्णय गरेका छन्। एलिनाले मिडियालाई दिएको जानकारी अनुसार दुई परिवारका सदस्यहरुका बिचमा बिहे गर्ने तयारी भइरहेको छ । उनीहरुले झापाबाट बिहे गर्दैछन् ।


धेरै पढिएको