देशभर ‘अगस्त्य’ रिलिज
काठमाडौँ । आजाबाट बिश्वभए रिलिजमा आएको चलचित्र ‘अगस्त्य’ को टिजर र ट्रेलर रिलिज भएपछि दर्शकको ध्यान केन्द्रीत भएको थियो । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म देशभरका १ सय ११ हलमा रिलिजमा आएको हो । आम दर्शक, फिल्मीकर्मी र प्रदर्शकले समेत आशा गरेको यो फिल्मले बिहानीका केही शोजमा राम्रो सुरुवात गरेको निर्माणपक्षले बताएको छ ।
यो फिल्मको बिहिबार बेलुकी ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए । २ घन्टा ५० मिनेट लामो यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस