‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजी’ सर्टिफिकेट
काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले पीजी सर्टिफिकेट प्राप्त गरेको छ । बुधबार सेन्सर भएको फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पीजी सर्टिफिकेट दिएको हो ।
अब १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथमा जानुपर्ने हुन्छ । फर्स्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखिनै उच्च हाइप बनाएको चलचित्रले बक्सअफिसमा पनि राम्रो गर्ने अनुमान गरिएको त । फिल्मले देशभरका हलमा उच्च शो पनि पाएको छ ।
सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस