‘होस्टेल ३’को छायांकन सकियो,प्रदर्शन मितिको छैन टुंगो

के छ नेपाल
७ पुष २०८१ १५:३९

 

काठमान्डौं। फिल्म ‘होस्टेल ३’को छायांकन सकिएको छ । सशान कँडेलको डेब्यू निर्देशनमा बनेको फिल्म ४९ दिनमा प्याकअप गरिएको हो ।

छायांकन सकिएपनि फिल्मको प्रदर्शन मिति भने टुंगो लागेको छैन । यसअघि फागुनको १६ गतेबाट रिलिज हुने भनिए पनि उक्त मितिबाट फिल्म पोष्टपोन्ड भइसकेको छ ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा अर्जुन तिवारीको डीओपी, वुद्द थापा र मनोज खत्रीको छायांकन छ । फिल्ममा शंकर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माताको रुपमा छन् ।

माधव शर्माले लेखेको यो फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


धेरै पढिएको