ट्रेण्डिङ सुविधा बन्द गर्दै युट्युब
काठमाडौं । युट्युबले ट्रेण्डिङ सुविधा बन्द गर्ने भएको छ । युट्युबले वर्षौंदेखि प्रयोगकर्ताहरुलाई लोकप्रिय कन्टेन्टहरुबारे जानकारी दिँदै आएको ट्रेण्डिङ सुविधा बन्द गर्ने निर्णय गरेको हो ।
केही समयअघि मात्रै युट्युबले यही जुलाइ २५ बाट कम्पनीको मोनिटाइजेसन नीति परिवर्तन गर्ने निर्णय गरेको हो । नयाँ नीति अनुसार अब ठूलो दर्शक लक्षित कन्टेन्टहरुमा कडाइ गरिनेछ ।
अब युट्युबले ट्रेण्डिङको साटो क्याटागोरी स्पेसिफिक चार्टस् देखाउनेछ । यस्ता चार्टमा ट्रेण्डिङमा रहेका भिडियोहरु, साप्ताहिक रुपमा टप पोडकास्टहरु र ट्रेण्डिङमा रहेका चलचित्रका ट्रेलरहरु देखाउनेछ । भविष्यमा थप चार्ट सेगमेन्टहरु पनि थपिने बताएको छ ।
साथै युट्युबले आफ्ना दर्शकहरुलाई के लोकप्रिय छ भनेर थाहा पाउनलाई आवश्यक विश्लेषनात्मक टुलहरु पनि उपलब्ध गराउने जनाएको छ ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस