टोक्मा टेक्नोलोजीले ल्यायो टोक्मा एप र जीकार्ड
काठमाडौं । टोक्मा टेक्नोलोजीले टोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । सोमबार याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले टोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन्।
टोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्डलाई अल-इन-वान एप अर्थात् सुपर एपको रूपमा सार्वजनिक गरिएको हो । एप सार्वजनिक गर्दै घिसिङले टोक्मा एप र जीकार्डले नेपालको डिजिटल अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने बताए।
घिसिङले भने ‘यी उत्पादनहरूले डिजिटल अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउनेछन्। यसले धेरै रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ । यस्ता प्रविधिहरूले दैनिक काममा दक्षता पनि ल्याउँछन्। त्यसैले तपाईंहरूले पनि यसलाई प्रयोग गर्नुहोस्।’
टोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गेदाम्बेले टोक्मा एप र जीकार्ड केवल प्रविधि मात्र नभई देशमा परिवर्तनका एजेन्ट भएको बताएका छन ।
एपकका ब्रान्ड एम्बेसडरमा कलाकार विल्सन विक्रम राई हुन । उनले तोक्मामा स्वदेशी प्रविधि प्रयोग गर्न सबैलाई आग्रह गरे । तीन वर्षको अनुसन्धानपछि यो उत्पादन ल्याइएको टोक्मा टेक्नोलोजिजका सह-संस्थापक सन्चमन राईले बताए।
कम्पनीका अनुसार टोक्मा एपमा राइड-सेयरिङ, टुर गाइड, सुरक्षा, हेरचाहकर्ता, किनमेल, आदि सुविधा उपलब्ध छन्। जीकार्डले भौतिक दृष्टि कार्ड बोक्नुपर्ने बाध्यतालाई हटाउनेछ।
कार्ड प्राप्त गरेपछि, तपाईंले NFC समर्थन गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यावसायिक विवरणहरू सजिलैसँग साझा गर्न सक्नुहुन्छ। साथै, तपाईंको आवश्यकता अनुसार The GCard मा विवरणहरू परिवर्तन गर्न पनि सकिन्छ।

के छ नेपाल
प्रतिक्रिया दिनुहोस