हुम्लाको तापक्रम ‘माइनस’मा , हिमपातले जनजीवन प्रभावित

के छ नेपाल
९ पुष २०८१ ८:०८

 

काठमान्डौं । हुम्लाको सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा छ । सिमकोटमा सोमबार रातिदेखि हिमपात भएको हो।

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी बताए। सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।


धेरै पढिएको