बी.पी. कोइराला स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति उत्तर भारतद्वारा वृक्षारोपण तथा अन्तरक्रिया
दिल्ली । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रको आयोजनामा वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री माननीय नारायण प्रसाद सावद सहभागी थिए । विशेष अतिथि रूपमा पूर्व दूरसञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह ज्यु तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे ज्युको गरिमामय उपस्थिति थियो।
कार्यक्रम अन्तर्गत दिल्लीस्थित सञ्जय पार्क झिलमिल क्षेत्रमा वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको उद्देश्यले पीपल, स्वामी, नीम, बर लगायतका विभिन्न वृक्षहरूको वृक्षारोपण गरिएको थियो। सहभागीहरूले हरियाली संरक्षण र वातावरणीय सचेतनामा सक्रिय भूमिका निर्वाह गरेका थिए।
अन्तरक्रिया कार्यक्रम : बी.पी. कोइरालाको विचारमा संवाद
बी.पी. कोइरालाको जीवन, विचार र योगदानमाथि केन्द्रित अन्तरक्रिया कार्यक्रम लाजपत नगरमा सम्पन्न भयो। कार्यक्रममा लोकतन्त्र, समाजवाद, मानव अधिकार र प्रवासी भूमिकाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता समिति उत्तर भारत क्षेत्रकी अध्यक्ष नन्दी कुमारी न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन दया राम रोकाले गर्नु भएको थियो।
सहभागीमध्ये केही प्रमुख प्रतिनिधिहरू यसप्रकार छन
– केन्द्रीय उपाध्यक्षस् कृष्ण पाण्डे कोषाध्यक्षस् जनक गिरी
-अनुशासन विभाग प्रमुखस् टेकराज पोखरेल ,
-केन्द्रीय सदस्यस् सीता अधिकारी
-क्षेत्रीय उपाध्यक्ष : नरहरी घिमिरे
-क्षेत्रीय कोषाध्यक्ष: बाबुराम अधिकारी
-संगठन सचिव झबिलाल अधिकारी
-सल्लाहकारहरू : सिबलाल, रजुनाथ पाण्डे, इन्दिरा पाण्डे विद्यार्थी प्रतिनिधिस् पूजा पाण्डे, सह महामन्त्री – नेपाल विद्यार्थी संघ, विदेशी क्षेत्र

के छ नेपाल
प्रतिक्रिया दिनुहोस