भ्यालेन्टाइन डे: प्रेम र रोमान्सको इतिहास

के छ नेपाल
२ फागुन २०८१ १३:४०

काठमाडौं । फ्रेबुअरी १४ को दिन मनाइने भ्यालेन्टाइन डे प्रेम र रोमान्सको प्रतीक बनेको छ। यो दिनमा प्रेमीहरूले एकअर्कालाई कार्ड, फूल, चकलेट र अन्य उपहार दिएर प्रेम प्रकट गर्छन्।

यसको उत्पत्ति तेस्रो शताब्दीमा रोमका सन्त भ्यालेन्टाइनको कथा सँग जोडिएको छ। राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि, सन्त भ्यालेन्टाइनले गोप्य रूपमा विवाह गराउँदै प्रेमको संदेश फैलाए।

राजाको आदेश उल्लंघन गरेको आरोपमा उनलाई फ्रेबुअरी १४ मा मृत्युदण्ड दिइयो। मृत्युभन्दा अघि उनले आफ्नी श्रीमतीलाई “तिम्रो भ्यालेन्टाइन” भनेर चिठी लेखेका थिए। यसैले यो दिन प्रेमको प्रतीक बनेको हो।

हाल यो दिन विश्वभरि बेलायत, क्यानडा, अमेरिका, फ्रान्स लगायत धेरै देशमा धुमधामसँग मनाइन्छ। प्रेमीहरूले यसलाई वर्षको सबैभन्दा रोमान्टिक दिनको रूपमा मनाउँछन्।


धेरै पढिएको